Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

गठबन्धनभिको भागबण्डाप्रति एकीकृत समाजवादी असन्तुष्ट

गठबन्धनभिको भागबण्डाप्रति एकीकृत समाजवादी असन्तुष्ट

  • शनिवार, बैशाख १० २०७९

  • 575
    SHARES

  • गठबन्धनभिको भागबण्डाप्रति एकीकृत समाजवादी असन्तुष्ट

    काठमाडौँ । सत्ता गठबन्धनभित्रको एउटा घटक नेकपा एकीकृत समाजवादीले जिल्ला तहमा भइरहेको स्थानीय तहको सिट बाँडफाँटप्रति असन्तुष्टि जनाएको छ ।

    अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक लाग्ने सहमति भएपनि सोही अनुसार जिल्ला तहको सिट बाँडफाँट नभएको भन्दै असन्तुष्टि जनाउनुभएको हो ।

    आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भागवण्डाको जिल्ला तहको रिपोर्टले आफूहरुलाई उत्साही नबनाएको धारणा राख्नुभयो । महानगरपालिका र उपमहानगरपालिकाको पदहरुको सिट बाँडफाँटले आफूहरु उत्साही भएपनि जिल्लाहरुको रिपोर्टले भने आशावादी नबनाएको अध्यक्ष नेपालको भनाइ थियो ।


    शनिवार, बैशाख १० २०७९०३:२८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij