काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ। बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजे बस्ने गरि सारिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
शुक्रबार नै कार्यसम्पादन समितिको बैठक बस्ने भनिएको थियो। तर, पदाधिकारी बैठकका कारणले शुक्रबार बस्न सकेन।
बिहान पनि शीर्षस्थ नेताहरु छलफलमा व्यस्त भएका कारणले बैठक २ बजेका लागि सरेको हो।
आजको बैठकले वैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारको टुंगो लगाउनेछ ।