जनकपुरधाम । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिकाका सभापतिसहितका नेताहरुले सामूहिक राजीनामा दिएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै आफ्नो पार्टी मजबुत हुँदाहुँदै पनि गठबन्धनका नाममा जनता समाजवादी पार्टी (जसपा) लाई उपमहनगरको नेतृत्व दिइएको भन्दै उनीहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् ।
पार्टीका नगर सभापति मनोज साहले आफूसहित १५० जनाभन्दा बढीले पार्टी छाडेको दाबी गर्नुभयो । अब स्वतन्त्र रुपमा मेयरमा उम्मेदवरी दिने साहले बताउनुभयो । पत्रकार सम्मेलनमा साहले साधारण सदस्य समेत नरहने गरी कांग्रेस परित्याग बताउनुभएको छ । पटक–पटक पार्टी नेतृत्वको ध्यानाकर्षण गराउँदा पनि आफूहरुको मागको कुनै सुनुवाइ नभएपछि आफूहरुले पार्टी परित्याग गर्नु परेको स्थानीय नेताहरुले बताएका छन् ।