Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

स्थानीय तहको निर्वाचन : ठेकेदारलाई उम्मेदवार हुनबाट नरोक्न सर्वोच्चको आदेश

स्थानीय तहको निर्वाचन : ठेकेदारलाई उम्मेदवार हुनबाट नरोक्न सर्वोच्चको आदेश

  • बुधवार, बैशाख ७ २०७९

  • 430
    SHARES

  • स्थानीय तहको निर्वाचन : ठेकेदारलाई उम्मेदवार हुनबाट नरोक्न सर्वोच्चको आदेश

    काठमाडौँ । स्थानीय तहको ठेक्का–पट्टमा संलग्न व्यक्ति (ठेकेदार) आगामी स्थानीय तहको निर्वाचनमा कुनै पनि स्थानीय तहबाट उम्मेदवार हुन नपाउने व्यवस्था कार्यन्वयन नगर्न सर्वोच्च अदालतले निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । ठेक्का लिएको स्थानीय तहमा बाहेक अन्य स्थानीय तहमा ’ठेकेदारलाई पनि’ उम्मेदवारको मनोनयन दर्ता गर्न दिन सर्वोच्चको आदेश छ ।

    निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई व्यवस्थित गर्न बनाएको स्थानीय तह निर्वाचन निर्देशिकाअन्तर्गतको ‘स्वघोषणा गर्नुपर्ने व्यवस्था’मा स्थानीय तहको ठेक्का पट्टामा संलग्न व्यक्ति वैशाख ३० गते हुने निर्वाचनमा उम्मेदवार हु्न नपाउने प्रावधान राखेको थियो ।

    सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको वैशाख ५ गतेको एकल इजलासले उक्त व्यवस्थाअनुसार ठेक्कापट्टामा संलग्न व्यक्तिलाई निर्वाचनमा उम्मेदवार हुनबाट नरोक्न भनेको हो ।

    सर्वोच्च अदालतले सम्बन्धित पालिका बाहेक अन्य ठाउँको ठेक्का लिएका व्यक्ति (ठेकेदार)लाई स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनबाट नरोक्न भन्दै निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

    निर्माण व्यवसायी यादव श्रेष्ठले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सुवेदीको इजलासले यस्तो आदेश जारी गरेको हो । सर्वोच्च अदालतले उक्त व्यवस्था सम्बन्धित (ठेक्का लिएको) स्थानीय तहको हकमा मात्रै सान्दर्भिक हुने ठहर गरेको छ।


    बुधवार, बैशाख ७ २०७९०३:४५:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij