Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

युक्रेनको पक्षमा समर्थन जुटाउन चार अमेरिकी सिनेटर नेपाल आउँदै

युक्रेनको पक्षमा समर्थन जुटाउन चार अमेरिकी सिनेटर नेपाल आउँदै

  • मंगलवार, बैशाख ६ २०७९

  • 714
    SHARES

  • युक्रेनको पक्षमा समर्थन जुटाउन चार अमेरिकी सिनेटर नेपाल आउँदै

    काठमाडौँ । चार जना अमेरिकी सिनेटरको टोली नेपाल आउने भएको छ। डेमोक्र्याटिक पार्टीका सिनेटर मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर र एड मार्की नेपाल आउन लागेका हुन् । उनीहरूसँगै तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स पनि नेपाल आउँदै छन् ।

    उनीहरू अमेरिकाबाट नेपालकै लागि भने आउन लागेका होइन् । नेपालसँगै उनीहरू पोल्यान्ड, युएई, भारत र जर्मनीको ९ दिने भ्रमणमा निस्कन लागेको बताइएको छ । रूसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनका पक्षमा समर्थन जुटाउन उनीहरू भ्रमणमा निस्किन लागेका हुन् ।

    भारत र युएईले अहिलेसम्म युक्रेनमाथि भएको रूसी आक्रमणको विरोध गरेका छैनन् । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अमेरिकी सिनेटरको टोली आउन लागेको जानकारी दिनुभयो । परराष्ट्र मन्त्रालयका अनुसार उनीहरु ९ गते आएर ११ गते फर्किने कार्यक्रम छ ।

    नेपालले युक्रेनमाथि रूसी आक्रमणको विरोध गरेको छ। यसबारे राष्ट्रसंघमा भएका सबै मतदानमा नेपाल युक्रेनको पक्षमा उभिएको छ। रूसलाई मानव अधिकार परिषद्को सदस्यबाट निलम्बन गर्न भएको मतदानमा भने नेपाल तटस्थ बसेको थियो ।


    मंगलवार, बैशाख ६ २०७९०३:००:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij