Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

गठबन्धनले भोलि बेलुकासम्म महानगर र उपमहानगरको भागबण्डा टुंग्याउने

गठबन्धनले भोलि बेलुकासम्म महानगर र उपमहानगरको भागबण्डा टुंग्याउने

  • आइतवार, बैशाख ४ २०७९

  • 430
    SHARES

  • गठबन्धनले भोलि बेलुकासम्म महानगर र उपमहानगरको भागबण्डा टुंग्याउने

    काठमाडौँ । सत्ता गठबन्धनले भोलि बेलुकासम्ममा महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा टुंगो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकमा महानगर र उपमहानगर चुनावी तालमेलको टुंगो लगाउने भएको हो ।

    देशैभर ६ महानगर र ११ उपमहानगरपालिका छन् । देशैभर ७५३ स्थानीय तहमा पाँच दलीय गठबन्धन हुन नसक्ने भएपछि पहिलो चरणमा महानगर उपमहानगरको टुंगो भोलि बेलुकासम्म लगाउने सहमति भएको जनाइएको छ । स्थानीय तहमा उम्मेदवारका आकांक्षी धेरै भएपछि सत्ता गठबन्धनमा भागबण्डा गर्न समस्या भएको हो ।

    गठबन्धनको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को सचिवालयका अनुसार बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे कार्यदलको रिपोर्ट लिने निर्णय समेत बैठकमा भएको छ । कार्यदलले बाँडफाँटका विषयमा आवश्यक निर्णय गरिसकेपछि उक्त निर्णय शीर्ष नेताहरुलाई पेस गरि टुंग्याइने गठबन्धनका नेताहरुले बताएका छन् ।


    आइतवार, बैशाख ४ २०७९०३:५०:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij