Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

निलम्बित गभर्नर अधिकारी रिट लिएर सर्वोच्चमा

निलम्बित गभर्नर अधिकारी रिट लिएर सर्वोच्चमा

  • आइतवार, बैशाख ४ २०७९

  • 634
    SHARES

  • निलम्बित गभर्नर अधिकारी रिट लिएर सर्वोच्चमा

    काठमाडौँ । आफूमाथि छानबिनका लागि समिति गठन गर्ने सरकारको निर्णयविरुद्ध राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी सर्वोच्च अदालत पुग्नुभएको छ । बिना जानकारी र बिना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर समिति गठन गरिएको भन्दै उक्त निर्णय खारेजीको मागसहित रिट लिएर अधिकारी सर्वोच्च पुग्नुभएको हो ।

    अधिकारीमाथि छानबिनका लागि भन्दै सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको छ । जाँचबुझ समिति गठन भएपछि अधिकारी स्वतः निलम्बनमा पर्नुभएको छ । कुनै गल्ती वा अनियमतिताको आधारमा नभइ प्रतिशोधका कारण सरकारले आफूमाथि छानबिन थालेको अधिकारीले रिटमा दाबी गर्नुभएको छ ।

    मुलुकको अर्थतन्त्र धरासायी बनाएको, गोप्य सूचना चुहाएको र अनुशासनमा नबसेको भन्दै चैत २५ गते बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गरेको थियो ।


    आइतवार, बैशाख ४ २०७९०३:३०:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij