Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रमुख निर्वाचन आयुक्तको चेतवानी : चुनावको मिति तलमाथि भए देश दुर्घटनामा जान्छ

प्रमुख निर्वाचन आयुक्तको चेतवानी : चुनावको मिति तलमाथि भए देश दुर्घटनामा जान्छ

  • शनिवार, बैशाख ३ २०७९

  • 547
    SHARES

  • प्रमुख निर्वाचन आयुक्तको चेतवानी : चुनावको मिति तलमाथि भए देश दुर्घटनामा जान्छ

    काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ३० वैशाखमा तोकिएको स्थानीय तहको निर्वाचनको मिति तलमाथि गर्न नहुने बताउनुभएको छ । आज जनकपुरधाममा आयोजित स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखिकरणलाई सम्बोधन गर्दै थपलियाले तोकिएकै समयमा निर्वाचन देश दुर्घटनामा जाने चेतावनी दिनुभयो ।

    निर्वाचनको तयारी भइरहँदा निर्वाचनप्रति संशय उत्पन्न हुने किसिमको अभिव्यक्ति आउनु दुःखद भएको उहाँको भनाइ छ । कुनै तरिकाले निर्वाचन सार्ने काम गरिए दुर्घटना निम्तिन सक्ने र लोकतन्त्रका निम्ति अप्रिय हुन सक्ने उहाँले बताउनुभयो ।

    निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले हुने बताउँदै प्रमुख आयुक्त थपलिायाले आचारसंहितको उल्लंघन नगर्न आग्रह गर्नुभयो । निर्वाचन आचारसंहिताको उलंघन गर्नेलाई कारवाही हुने बताउँदै उहाँले केहीसँग स्पष्टीकरण समेत सोधिसकिएको बताउनुभयो ।

    यसअघि निर्वाचन आयोगले कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीलाई स्पष्टीकरण सोधेको छ ।


    शनिवार, बैशाख ३ २०७९०३:५७:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij