Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

माधव नेपालले कार्यकर्तालाई भने : जनतासामू एमालेबाट विद्रोह गर्नुको कारण प्रष्ट्याउनुस्

माधव नेपालले कार्यकर्तालाई भने : जनतासामू एमालेबाट विद्रोह गर्नुको कारण प्रष्ट्याउनुस्

  • शनिवार, बैशाख ३ २०७९

  • 644
    SHARES

  • माधव नेपालले कार्यकर्तालाई भने : जनतासामू एमालेबाट विद्रोह गर्नुको कारण प्रष्ट्याउनुस्

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले किन एमालेबाट विद्रोह गर्नुपर्‍यो भन्ने कारणबारे जनतालाई बुझाउन कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।

    आज स्थानीय तहको चुनावबारे भिडियो सन्देश जारी गर्दै अध्यक्ष नेपालले आफ्ना कार्यकर्तालाई भन्नुभएको छ, ‘तपाईंहरु पार्टीका नीति र कार्यक्रमलाई आत्मसात् गरेर जनताको माझमा पर्‍याउने काम गर्नुस्। यो पार्टी गठनको औचित्य के हो? हामीले किन पुरानो पार्टी एमालेबाट विद्रोह गर्नुपर्‍यो? विद्रोहको के बाध्यता आइलाग्यो? त्यसलाई प्रष्ट पार्नुस् । तथ्यहरु प्रमाणहरु पस्किनुस् ।’

    उहाँले तथ्य र प्रमाण पस्किएपछि विपक्षीले केही बोल्न नसक्ने पनि बताउनुभएको छ । अध्यक्ष नेपालले कार्यकर्तालाई एक–एक घटनाहरुलाई सम्झिन र नोट गर्न पनि भन्नुभएको छ । उहाँले आफूहरुले आफ्नो नीति कम्युनिस्ट आन्दोलनको हितका खातिर अगाडि बढाएको दाबीसमेत गर्नुभएको छ ।

    आफ्नो नीति र कार्यक्रम नेपालमा समाजवाद निर्माण गर्नका लागि भएको उहाँको भनाइ छ । एमालेको नाम नलिइ अध्यक्ष नेपालले सो पार्टीभित्र कम्युनिस्टको आवरणमा गहिरो र गम्भीर विचलन देखा परेको टिप्पणी गर्नुभयो ।


    शनिवार, बैशाख ३ २०७९०३:५०:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij