काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलिसम्ममा गठबन्धनको टुंगो लागिसक्ने बताउनुभएको छ । सत्ता साझेदार दलका बीच स्थानीय तह निर्वाचनमा हुने गठबन्धनको विषय भोलिसम्ममा टुंगिने बताउनुभएको हो ।
आज बिहान भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले आजै साँझसम्ममा खाका तयार हुने बताउनुभयो । ‘आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ,’ उहाँले भन्नुभयो, ‘हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ ।’
निर्वाचनका समयमा एउटै पार्टीभित्रसमेत विवाद, बहस हुने जनाउँदै उहाँले दलकाबीचमा सहमतिमा आउन समय लाग्नु स्वभाविक रहेको बताउनुभयो । भरतपुर महानगरका विषयमा छलफल भइरहेको उहाँको भनाइ छ ।