काठमाडौँ । व्यवसायी अम्बिका प्रसाद पौडेल सुप्रवल जनसेवाश्री पदकबाट विभूषित हुनुभएको छ । संविधान दिवस (असोज ३) २०७८ को अवसरमा घोषित विभूषण राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज प्रदान गरिएको हो ।
नेपाल टेलिकम र चन्द्रागिरी हिल्सका निर्देशक पौडेल विमा तथा वित्तिय संस्थाका अध्यक्षसमेत रहिसक्नुभएको छ । राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदान पु¥याएको भन्दै व्यवसायी पौडेललाई सुप्रवल जनसेवाश्री पदकबाट विभूषित गरिएको हो ।
पौडेलसहित आज करिब पाँच सय जना विभूषित भएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा विभूषण प्रदान गरिएको हो ।