Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

एमालेमा ८० प्रतिशत ‘इमानदार’ कम्युनिस्ट बन्दी भएर बस्न बाध्य : प्रचण्ड

एमालेमा ८० प्रतिशत ‘इमानदार’ कम्युनिस्ट बन्दी भएर बस्न बाध्य : प्रचण्ड

  • बिहिवार, बैशाख १ २०७९

  • 555
    SHARES

  • एमालेमा ८० प्रतिशत ‘इमानदार’ कम्युनिस्ट बन्दी भएर बस्न बाध्य : प्रचण्ड

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)मा ८० प्रतिशत ‘इमानदार’ कम्युनिस्टहरू रहेको बताउनुभएको छ । आज खुमलटारमा आयोजित ‘माओवादी ध्रुवीकरण र एकता कार्यक्रम’मा उहाँले नेतृत्वले उनीहरूलाई बन्दी बनाएर राखेको आरोप लगाउनुभयो ।

    ‘एमालेभित्र सबै खराब छन् भन्ने होइन । त्यहाँ पनि ८० प्रतिशतभन्दा बढी इमानदार कम्युनिस्ट छन् । क्रान्ति भइदिए हुन्थ्यो भन्ने चाहना राख्नेहरू छन्’, प्रचण्डले भन्नुभयो, ‘तर, नेतृत्व चाबीजस्तो हो । नेतृत्वले यति भ्रम दिएर राखेको छ, तिनीहरूलाई बन्दी बनाएर राखेजस्तो लाग्छ ।
    प्रचण्डले एमालेभित्रका कम्युनिस्टहरू प्रतिक्रान्तिकारी, प्रतिगमनकारी प्रवृत्ति र नेतृत्वको बन्दी बन्न बाध्य भएको र त्यसबाट मुक्त गरेर उनीहरूको नेतृत्व आफूहरूले गर्नुपर्ने बताउनुभएको छ ।

    उहाँले माओवादी नफुटेको थियो भने एमाले कब्जा गर्न सकिनेसमेत बताउनुभयो । तत्कालीन नेकपाको दोस्रो बैठकमा एमालेको ठूलो जमातले आफूलाई नेता मानेपछि षड्यन्त्र सुरू भएको प्रचण्डको दाबी छ ।

    जनयुद्धमा सबै एक ढिक्का भएर लडेको भन्दै उपलब्धीको रक्षाका लागि अब फेरि एक ठाउँ भएर पुनः भिड्ने दिन आएको उहाँको छ । मोहन वैद्य, बाबुराम, विल्लवतिर लक्षित गर्दै प्रचण्डले भन्नुभयो, ‘पार्टी विभाजन हुनु सही थिएन । पार्टी फुटाएर प्रतिक्रियावादीलाई फाइदा पु¥याउने मात्र काम भयो ।’ प्रचण्ड हुने सपना बोकेर जानेहरूलाई अहिले पार्टीमा फर्किन लाज भएको उहाँको भनाइ थियो ।


    बिहिवार, बैशाख १ २०७९०३:१५:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij