Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

काँग्रेसले जनताका सुझावलाई घोषणापत्रको मुख्य आधार बनाउने

काँग्रेसले जनताका सुझावलाई घोषणापत्रको मुख्य आधार बनाउने

  • बिहिवार, बैशाख १ २०७९

  • 447
    SHARES

  • काँग्रेसले जनताका सुझावलाई घोषणापत्रको मुख्य आधार बनाउने

    काठमाडौं । नेपाली काँग्रेसले जनताका सुझावलाई घोषणापत्रको मुख्य आधार बनाउने भएको छ । विभिन्न माध्यम मार्फत घोषणापत्रका लागि सुझाव माग गरेको काँग्रेसले त्यसैका आधारमा घोषणापत्रलाई अन्तिम रुप दिने तयारी गरेको हो ।

    अहिलेसम्म एक लाखभन्दा बढीले सुझाव दिएको र अहिले त्यसको अध्ययन तथा विश्लेषण गर्ने कार्य भइरहेको पार्टीका केन्द्रीय सदस्य तथा घोषणापत्र मस्यौदा समितिका सदस्य अजयवावु शिवाकोटीले जानकारी दिनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले भन्नुभयो, घोषणापत्रका लागि तलबाट आएका सुझावलाई मुख्य आधार मानिने र विषय विज्ञहरुले त्यसलाई परिमार्जन गर्ने गरी काम भइरहेको छ ।

    उहाँले भोली बैशाख २ गतेसम्म सुझाव दिन सकिने र त्यसपछि त्यसलाई एकिकृत गरी घोषणापत्रलाई अन्तिम रुप दिइने जानकारी दिनुभयो ।
    विषेश गरेर शिक्षा, स्वास्थ्य र रोजगारीसँगै भौतिक निर्माणको कार्यलाई प्राथमिकता दिनुपर्ने, स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्ने उपायहरु अबलम्बन गर्नुपर्नेलगायतका सुझावहरु धेरै आएको उहाँको भनाई छ ।

    काँग्रेसले जहिले पनि के गर्ने भन्ने विषय मात्रै घोषणापत्रमा राख्दै आएकोमा अहिले भने के नगर्ने भन्ने विषयलाई पनि समेट्न लागिएको नेता शिवाकोटीले बताउनुभयो ।

    विकासका नामका विक्रितिको रुपमा देखिएको भ्यु टावर र गेट बनाउन नपाइने कुरालाई कडाइका साथ घोषणापत्रमा उल्लेख गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।

    त्यसैगरी पारिवारिक सदस्यलाई पिए राख्न नपाइने, कुनै विकास निर्माणका कार्यमा आर्थिक स्वार्थसहितको संलग्नता हुन नहुनेलगायतका व्यवस्था पनि गर्न नहुने खण्डमा राख्न लागिएको छ ।

    काँग्रेसले महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा पार्टीका केन्द्रीय तथा जिल्लास्तरका नेता र विज्ञहरु सम्मिलित घोषणापत्र मस्यौदा समिति बनाएको छ ।


    बिहिवार, बैशाख १ २०७९०८:४२:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij