Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

पुष्पराम केसीलाई सशस्त्रको आईजीपीमा बढुवा गर्ने सरकारको निर्णय

पुष्पराम केसीलाई सशस्त्रको आईजीपीमा बढुवा गर्ने सरकारको निर्णय

  • बुधवार, चैत्र ३० २०७८

  • 602
    SHARES

  • पुष्पराम केसीलाई सशस्त्रको आईजीपीमा बढुवा गर्ने सरकारको निर्णय

    काठमाडौँ । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

    शैलेन्द्र खनाल गत सोमबार ४ वर्षे पदावधिका कारण अवकाशमा गएर सशस्त्र प्रहरी बल नेतृत्वविहीन भएको थियो । खनालले अवकाश लिएपछि निमित्तको जिम्मेवारी सम्हाल्दै आउनुभएका केसीलाई नै सरकारले आईजीपीमा बढुवा गरेको हो ।

    आईजीपीमा बढुवा हुनुभएका केसीसँगै रामशरण पौडेल पनि आईजीपीको प्रतिस्पर्धामा हुनुहुन्थ्यो । सशस्त्रमा दुई जना मात्रै एआईजीको दरबन्दी छ । केसीले कार्य तथा सीमा विभाग र पौडेलले मानव स्रोत तथा प्रशासन विभागको कमाण्ड सम्हाल्दै आएका थिए ।

    निर्वतमान आईजीपी खनालसँगै प्रहरी सेवामा प्रवेश गरेका उनीहरु दुवै जना ३० वर्षे सेवा अवधिका कारण आउँदो वैशाख १८ गते अनिवार्य अवकाशमा जाँदैछन् । जसकारण नवनियुक्त आईजी केसीले वैशाख १८ गतेसम्म मात्रै सशस्त्रको नेतृत्व सम्हाल्नहुने छ ।


    बुधवार, चैत्र ३० २०७८०२:३९:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij