काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ । बुधबार मोरङको विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन नगर्ने षड्यन्त्र भइरहेको दाबी गर्नुभएको हो ।
यस्ता षड्यन्त्रलाई अदालत र निर्वाचन अयोग दुवैले अस्वीकार गर्नुपर्ने उहाँले बताउनुभयो । ओलीले देश टाट पल्टिने अवस्थातर्फ गएको समेत बताउनुभयो ।
देशको अर्थतन्त्र अत्यन्त भयावह अवस्थातर्फ गइरहेको भन्दै उहाँले हाम्रै अगाडि श्रीलंकाको उदाहरण रहेको बताउनुभयो । यस्तो अवस्थामा पाँचदलीय गठबन्धनले भने देशलाई अझ अस्थिरतातिर लैजाने षड्यन्त्र गरिरहेको ओलीको आरोप छ ।