Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

  • बुधवार, चैत्र ३० २०७८

  • 391
    SHARES

  • काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

    पौडेलका अनुसार बैठकको मुख्य एजेण्डामा स्थानीय तह निर्वाचन २०७९ घोषणापत्र सम्बन्धी छलफल रहेको छ । यस्तै केन्द्रीय संसदीय समिति र भ्रातृ संस्थाबारे पनि छलफल हुने बुझिएको छ । काँग्रेसको टिकट वितरण गर्ने केन्द्रीय निकाय संसदीय बोर्ड गठन भएको छैन ।

    चैत ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा संसदीय समिति गठनको एजेण्डा भएपनि सहमति हुन नसकेपछि रोकिएको थियो । स्थानीय तह निर्वाचनमा महानगरपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार चयन काँग्रेसको केन्द्रीय संसदीय समितिले गर्छ ।
    आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवार दर्ताको मय भएकाले संसदीय समिति गठन गर्नैपर्ने काँग्रेसलाई बाध्यता छ ।

    यस्तै फागुन ३ गते केन्द्रीय कार्यसम्पादन समितिले १० वटा भ्रातृ संस्थाको कार्यसमिति भंग गरेको थियोे । फागुन ९ गते नेविसंघ र तरुण दलमा सभापति मनोनित गरिएपनि बाँकी भ्रातृ संस्थामा नेतृत्व समेत आएको छैन । यस विषयमा पनि बैठकमा छलफल हुने छ ।


    बुधवार, चैत्र ३० २०७८०९:२५:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij