Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

तिलोत्तमाको मेयरमा चित्रबहादुर केसीको बलियो दाबेदारी

तिलोत्तमाको मेयरमा चित्रबहादुर केसीको बलियो दाबेदारी

  • बुधवार, चैत्र ३० २०७८

  • 828
    SHARES

  • तिलोत्तमाको मेयरमा चित्रबहादुर केसीको बलियो दाबेदारी

    रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरका लागि चित्रबहादुर केसी बलिया दाबेदारका रूपमा देखिएका छन् । नेपाली कांग्रेसका पुराना नेता केसी तिलोत्तमाबासीका बीचमा चिरपरिचित र लोकप्रिय नेता हुन् ।

    के।सीले नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनिती सुरू गरेका हुन् । विद्यार्थीकाल देखिनै पार्टीमा निकै संघर्ष र योगदान दिएकाले नेपाली कांग्रेसमा उनको गर्विलो इतिहास छ ।

    कुशल व्यवहार, बौद्धिक र मिलनसार नेताको रूपमा चिनिने उनी नेपाली कांग्रेस महासमिति सदस्य पनि हुन् । केहीवर्ष युएईमा बसेका उनले नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति युएईको संस्थापक सभापति रहेर काम गरे ।

    विदेशमा रहेका कांग्रेसमा आस्था राख्ने नेता तथा कार्यकर्तालाई एकीकृत गर्न उनको महत्वपूर्ण भूमिका छ । उनले टिकट पाएमा फरक विचार राख्ने व्यक्तिले समेत उनलाई समर्थन र मत दिने आँकलन दावी धेरैले गरेका छन् ।

    को हुन चित्र बहादुर केसी ?

    चित्र बहादुर के.सी. २०३३ साल मङसिर २१ गते सल्यान–३ बागलुङमा आमा देउरुपा के।सीको कोखबाट जन्मिएका हुन् भने उनका बाबु पूर्ण बहादुर के।सी। हुन् । उनी अहिले भने रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नम्वर–३ का स्थायी बासिन्दा हुन्।

    त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका केसीले २०४३ सालमा पहिलो पटक नेपाल विद्यार्थी संघको सदस्यता लिएका थिए । २०४६ सालमा देशभर सुरु भएको जनआन्दोलनमा उनले बाग्लुङबाट सशक्त भुमिका निर्वाह गरेका थिए । उनी २०४७ साल देखि २०५४ साल सम्म नेपाल विद्यार्थी संघ सल्यान गाउँ इकाईको सभापतिमा निर्वाचित भए । गुल्मी शान्तिपुरको उदय माविमा उनी २०४७ सालम नेपाल विद्यार्थी संघ इकाई सचिव बने भने त्यसको एक वर्षपछि २०४८ सालमा इकाइ सभापति भए ।

    उनी २०५० देखि ०५२ सम्म त्रिभुवन बहुमुखि क्याम्पस तानसेन पाल्पाको नेवि संघ धौलागिरी समन्वय समितिको अध्यक्ष, २०५३ देखि २०५६ सालसम्म नेवि संघ बागलुङ क्षेत्र नम्बर–२ क्षेत्रीय अध्यक्ष, २०५५ सालमा आमन्त्रित जिल्ला सदस्य हुँदै २०५४ देखि २०५८ सालसम्म त्रिचन्द्र कलेज काठमाडौंमा सक्रिय राजनीति सक्रिय रहे ।

    २०६६ देखि २०७३ सम्म लगातार दुई कार्यकालसम्म नेपाली जनसम्पर्क समिति युएईको संस्थापक सभापति बने भने नेपाली कांग्रेस १३ र १४ औ महाधिवेशनमा नेपाली कांग्रेस महासमिति सदस्यमा निर्वाचित बने । २०७३ देखि ०७४ सम्म नेपाली जनसम्पर्क समिति युएईको संरक्षक तथा प्रमुख सल्लाहकार, २०७२ देखि ०७४ सम्म एनआरएनएको केन्द्रिय सदस्यमा रहेर काम गरे ।

    २०५६ साल वैशाख ३० गते संसदीय चुनावी अभियान अन्तर्गत सुखौरा भन्ने गाउँमा राष्ट्रिय जनमोर्चाको कार्यकर्ताले भौतिक आक्रमण गरि बायाँ खुट्टा भाचिएको थियो । २०५८ देखि ०६१ सम्म तीन बर्ष नेपाल प्रहरीको अधिकृत भइ सेवा गरिरहेका बेला उनले तत्कालीन माओवादीको दबावमा सेवा त्याग गरेका थिए । त्यसपछि उनी विभिन्न पेशा व्यवसायमा लागे । पुर्व शिक्षक समेत रहेका केसी अहिले व्यवसायिक रुपमा तिनाऊ रिभरसाइड रिसोर्ट दोभान, पाल्पाको अध्यक्ष हुन् ।


    उनी विगतदेखि अहिलेसम्म पनि धेरै सामाजिक तथा व्यवसायीक संघ संस्थाहरूमा सक्रिय छन् । नेता केसीले जिपी कोईराला फाउन्डेसन लुम्बिनी प्रदेशको सल्लाहकार, नेपाल प्रजातांत्रिक महासंघ लुम्बिनी प्रदेशको अध्यक्ष, बरेङ चन्द्रकोट सम्पर्क समिति रूपन्देहीको अध्यक्ष, बागलुङ सेवा समाज युएईको संस्थापक वरिष्ठ सल्लाहकार, २०७३ देखि ०७४ सम्म लुम्बिनी सम्पर्क समिति युएईको संरक्षक, २०७१ देखि ०७४ एनआरएनए एनसिसी यूएइ तथा नेपाली समाज युएईको सल्लाहकार, अन्तरर्राष्ट्रिय नेपाली जनसम्पर्क समिति विश्व संजालको उपसभापति बनेर काम गरे ।


    बुधवार, चैत्र ३० २०७८०९:१६:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij