Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एक पदमा उम्मेदवारी दिँदा महिला नै हुनुपर्ने निर्णय आयोगले सच्यायो

एक पदमा उम्मेदवारी दिँदा महिला नै हुनुपर्ने निर्णय आयोगले सच्यायो

  • मंगलवार, चैत्र २९ २०७८

  • 1.3K
    SHARES

  • एक पदमा उम्मेदवारी दिँदा महिला नै हुनुपर्ने निर्णय आयोगले सच्यायो

    काठमाडौं । स्थानीय तहको आगामी निर्वाचनमा राजनीतिक दलले एउटा मात्रै पदमा उम्मेदवारी दिँदा महिला नै हुनुपर्ने प्रावधानलाई निर्वाचन आयोगले संशोधन गरेको छ । राजनीतिक दलहरुले यस्तो व्यवस्थाको विरोध गर्दै ध्यानाकर्षण नै गराएपछि आयोगले निर्णय सच्याएको हो ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार जारी गरेको विज्ञप्तिमा यसअघिको निर्देशनमा अन्यथा भएकाले सच्याइएको उल्लेख गरिएको छ ।

    आयोगले गत चैत २२ गते दलहरूलाई जारी गरेको १७ बुँदे निर्देशनमा प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलाको मनोनयनको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको थियो ।

    तर, यो बुँदामा दलहरूको विरोधपछि निर्णय सच्याउँदै आयोगले भनेको छ, ‘‘राजनीतिक दलहरूलाई निर्वाचन व्यवस्थापनलाई लैंगिक तथा समावेशीमैत्री बनाउने सम्बन्धमा दिएको निर्देशनको बुँदा नम्बर ६ मा ‘स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उम्मेदवार मनोनयनमा प्राथमिकता दिने’, हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।’

    महिला तथा समावेशी समूहका व्यक्तिहरुलाई निर्वाचन प्रक्रियामा बढीभन्दा बढी सहभागिता र प्रतिनिधित्व गराउने सम्बन्धमा आयोगले यस्तो निर्देशन जारी गरेको थियो ।

    EC_Release_12_29.jpg


    मंगलवार, चैत्र २९ २०७८०३:३०:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij