Nov 11 2026 | २०८३, कार्तिक २६ गते

२०८३, कार्तिक २६ गते
  • यो साता चर्चामा :
images

निर्वाचन अधिकृतलाई आजदेखि अभिमुखीकरण तालिम दिइँदै

निर्वाचन अधिकृतलाई आजदेखि अभिमुखीकरण तालिम दिइँदै

  • मंगलवार, चैत्र २९ २०७८

  • 532
    SHARES

  • निर्वाचन अधिकृतलाई आजदेखि अभिमुखीकरण तालिम दिइँदै

    काठमाडौँ । निर्वाचन आयोगले आजदेखि निर्वाचन अधिकृतहरुलाई अभिमुखीकरण तालिम सञ्चालन गर्दैछ । आयोगले वैशाख ३ गतेसम्म सात वटै प्रदेशको ८ स्थानमा स्थानीय तह निर्वाचनमा खटिने ७५३ जना निर्वाचन अधिकृत र ७७ जिल्ला निर्वाचन कार्यालयका प्रमुखका लागि तालिम दिन लागेको हो ।

    अभिमुखीकरण कार्यक्रमका लागि प्रदेश १ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, गण्डकी प्रदेशमा आयुक्त सगुन शमशेर जवरा र कर्णाली प्रदेशका लागि आयुक्त जानकीकुमारी तुलाधर सहभागी हुने आयोगले जनाएको छ ।

    निर्वाचन आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी गतिविधि र सूचनाको सहजरूपमा जानकारी दिन २०७९ वैशाख १ गतेदेखि हरेक दिन ‘स्थानीय तह निर्वाचन बुलेटिन’ प्रकाशन गर्ने जनाएको छ ।


    मंगलवार, चैत्र २९ २०७८०८:५१:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij