काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणा पत्रमा समेट्ने सुझाव दिन आग्रह गरेको छ । नेता तथा कार्यकर्ता र सर्वसाधारणले दिएको सुझाव समेट्ने उद्देश्यले फोनमार्फत टिपाउन सकिने व्यवस्था मिलाइएको हो ।
कांग्रेसले महामन्त्री गगन थापा नेतृत्वमा स्थानीय तह निर्वाचन केन्द्रित घोषणा पत्र बनाइरहेको छ । टोल फ्रि नम्बर १६६००११५८८८ मार्फत् तथा ९८५१३४२५५५ नम्बरमा भाइबर गरेर सुझाव दिन पनि सकिने कांग्रेसले जनाएको छ ।
आगामी वैशाख ३० मा हुने निर्वाचनका लागि कांग्रेसले केन्द्रबाट घोषणा पत्र र सबै स्थानीय तह वा वडाबाट प्रतिवद्धता पत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।
घोषणा पत्रबारे छलफल गर्न कांग्रेसले भोलि दिउँसो बस्ने गरी पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठकसमेत बोलाएको छ । पार्टीले वैशाख ११ मा घोषणा पत्र सार्वजनिक गर्ने तयरी गरेको छ ।