Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

शशांकको ६ करोडवाला अभिव्यक्ति निर्वाचन आयोगको ‘नोटिस’मा

शशांकको ६ करोडवाला अभिव्यक्ति निर्वाचन आयोगको ‘नोटिस’मा

  • आइतवार, चैत्र २७ २०७८

  • 547
    SHARES

  • शशांकको ६ करोडवाला अभिव्यक्ति निर्वाचन आयोगको ‘नोटिस’मा

    काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले अघिल्लो निर्वाचनमा आफूले ६ करोड रुपैंया खर्चेको भनी दिएको अभिव्यक्तिलाई निर्वाचन आयोगले ‘नोटिस’मा लिएको बताएको छ । निर्वाचनको मुखमा सत्तारुढ दलका नेताले संवेदनशील अभिव्यक्ति दिएको भन्दै आयोगले त्यसबारे छलफल पदाधिकारीहरुको बैठक डाकेको छ ।

    हिजो कांग्रेस नेता कोइरालाले अघिल्लो (प्रतिनिधीसभा) निर्वाचनमा ६ करोड खर्च भयो भनेर अभिव्यक्ति दिनुभएको थियो । अयोगले त्यसलाई निकै संवेदनशील भनेको छ । एउटा खालको निर्वाचन खर्च पेश गर्ने, तर अहिले त्योभन्दा बढी खर्च भएको भनेर दलहरुकै शीर्ष नेताहरुबाट खुलासा हुन थालेपछि आयोग संवेदनशील हुनुपर्ने देखिएको भन्दै त्यसैलाई केन्द्रमा राखेर छलफल गर्न लागिएको बताइएको छ ।

    निर्वाचन आचारसंहिता जारी भएको दुई दिन नबित्दै केही जिल्लाहरुबाट उल्लंघनका घटनाहरु दर्ता भएका छन् । सुरुवातमा नै आचारसंहिता उल्लंघन भएपछि निर्वाचन नजिकिदै जाँदा त्यसलाई नियन्त्रण गर्न कठिनाई हुने भन्दै आयोगले छानविन र कारबाहीका लागि योजना बनाउन खोजेको हो ।

     


    आइतवार, चैत्र २७ २०७८०३:४६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij