Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

स्थानीय चुनाव : उम्मेदवारको सम्बन्धमा नेकपा एसले निर्धारण गर्‍यो ८ मापदण्ड

स्थानीय चुनाव : उम्मेदवारको सम्बन्धमा नेकपा एसले निर्धारण गर्‍यो ८ मापदण्ड

  • आइतवार, चैत्र २७ २०७८

  • 673
    SHARES

  • स्थानीय चुनाव : उम्मेदवारको सम्बन्धमा नेकपा एसले निर्धारण गर्‍यो ८ मापदण्ड

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आसन्न सथानीय तह चुनावका उम्मेदवारको सम्बन्धमा ८ मापदण्ड निर्धारण गरेको छ । जसमा पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, पार्टीमा योगदान गरेको र विद्रोहमा भूमिका खेलेको, पार्टीप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको, जनतामा स्थापित एवं लोकप्रिय, स्वच्छ छवि भएको र सुशासनको पक्षपाती, कार्यक्षमता राम्रो भएको हुनुपर्नेछ ।

    चैत २६ र २७ गते बसेको समाजवादीको सचिवालय बैठकले उम्मेदवारका बन्नका लागि समावेशीतालाई ध्यान दिने गरी मापदण्ड निर्धारण गरेको पार्टी महासचिव बेदुराम भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    यस्तै, एकीकृत समाजवादीले आगामी वैशाख ८ गतेभित्र स्थानीय तहमा उम्मेदवारी दिनेहरूको नामावली टुंगो लगाउने भएको छ । चैत २६ र २७ गते बसेको समाजवादीको सचिवालय बैठकले उम्मेदवारको सम्बन्धमा टुंगो लगाउन समय तालिका निर्धारण गरेको हो ।

    जसअनुसार वडा कमिटीले यही चैत्र ३० गतेभित्र सिफारिस गरिसक्नुपर्ने छ भने पालिका कमिटीले आगामी वैशाख २ गतेभित्र निर्णय र सिफारिस गरिसक्ने, जिल्ला कमिटीले वैशाख ४ गतेभित्र निर्णय र सिफारिस गरिसक्नुपर्नेछ । यस्तै प्रदेश कमिटीले वैशाख ६ गतेभित्र निर्णय र सिफारिस गरिसक्ने तथा केन्द्रीय कमिटीले वैशाख ८ गतेभित्र निर्णय गरिसक्ने महासचिव बेदुराम भुसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


    आइतवार, चैत्र २७ २०७८०३:३७:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij