Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पशुपति धर्मशालामा ताला नलगाउन अदालतको अन्तरकालीन आदेश

पशुपति धर्मशालामा ताला नलगाउन अदालतको अन्तरकालीन आदेश

  • शुक्रवार, चैत्र २५ २०७८

  • 812
    SHARES

  • पशुपति धर्मशालामा ताला नलगाउन अदालतको अन्तरकालीन आदेश

    काठमाडौं । काठमाडौं जिल्ला अदालतले पशुपतिस्थित धर्मशालाभित्र बतास समूहले चलाएको धर्मशालाको मूलगेटमा ताला नलगाउन अन्तरकालीन आदेश दिएको छ ।

    पशुपति क्षेत्र विकास कोषले आज ताला लगाएलगत्तै अदालतले निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुन नपर्ने कुनै आधार र कारण भए सबुत प्रमाणसहित प्रस्तुत आदेश प्राप्त भएको मितिले बाटाका म्याद म्याद बाहेक १५(पन्ध्र) दिन भित्र आफै वा कानुन बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न विपक्षीहरूको नाममा आदेश दिएको छ ।

    होटेल आनन्द प्रा.लिले पशुपति क्षेत्र विकास कोषलाई विपक्षी बनाएर रिट दायर गरिएको छ । नेपाल–भारतमैत्री धर्मशालाभित्र सञ्चालित होटेल आनन्दको मूलगेटमा आज सरकारले ताला लगाएको हो । ताला लगाउनुअघि कोषले होटेल खाली गर्न सूचना जारी गरेको थियो । तर, बतास समूहले कोषको टोलीलाई मूलगेटमै रोकेर भित्र जान दिएन । होटेलभित्रका सामान हराउने तथा हिनामिना हुने डरले ताला लगाउनुपरेको कोषले जानकारी दिएको छ ।

    कोषले होटेलका सामान नचलाउन बतास समूहलाई अनुरोधसमेत गरेको छ । होटेलका कर्मचारीले कोषका कर्मचारीलाई भित्र प्रवेश गर्न नदिएपछि कोषले बाहिरी गेटमा ताल्चा लगाएर सूचना टाँसी फर्किएको छ । अनुगमनका क्रममा पुगेका कोषका पदाधिकारी र होटेलका कर्मचारीबीच आज पनि विवाद भएको थियो ।

    court aadesh.jpg


    शुक्रवार, चैत्र २५ २०७८०५:२४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij