काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने राप्रपा नेपाल पहिलो दल बनेको छ । घोषणापत्रमा प्रमुख राजनीतिक दलहरुमा कायम रहेको सैद्धान्तिक विचलन, आन्तरिक विवाद एवं ह्रासोन्मुख नेतृत्व क्षमताको पृष्ठभूमिमा देशलाई अहिले एउटा बलियो नया‘ वैकल्पिक राष्ट्रवादी लोकतान्त्रिक शक्तिको आवश्यक रहेको र त्यसमा राप्रपा सफल हुने उल्लेख गरिएको छ ।
सो पार्टीले राप्रपा नेपालका उम्मदेवारहरुलाई मत दिएर छान्नु पर्ने कारणहरूका रुपमा ५ कारण उल्लेख गरेको छ । राप्रपा नेपाल स्थानीय धार्मिक–सा‘स्कृतिक पहिचान सहितको हिन्दूराष्ट्र पुनस्र्थापना प्रमुख कार्यनीति भएको एकमात्र दल भएको उल्लेख गरिएको छ । यस्तै राप्रपा नेपालले जनताको सर्वोच्चतालाई ग्रहण गरेकोले सुन्ने, हेर्ने र बोल्ने राजसंस्थाको पक्षमा नहुने उल्लेख गरिएको छ ।
नेपालका अधिकांश प्रमुख दलहरु विदेशी भूमीमा गठन भएको जिकिर गर्दै राप्रपा नेपाल मात्रै आफ्नै देशमा मुलुकको आवश्यकतालाई बुझेर संगठित भएकाले भोट दिइनुपर्ने जिकिर गरिएको छ । राप्रपा नेपालले स्थानीय तह निर्वाचनका लागि जनता लक्षित १४ विशेष कार्यक्रम पनि सार्वजनिक गरेको छ । ती कार्यक्रममा पार्टी विजयी भएमा अति विपन्न परिवारलाई पानी र बिजुली बत्तीको महसुलमा ५० प्रतिशत छुट दिने उल्लेख गरिएको छ ।
जनताद्वारा वडा स्तरीय सडक, ढल र बर्थिङ्ग केन्द्र सहितको स्वास्थ्य चौकी बनाउन चाहेमा स्थानीय पालिकाले ६० प्रतिशतसम्म रकम शोधभर्ना (म्याच) गर्न सक्ने जस्ता कार्यक्रम राप्रपा नेपालले तय गरेको छ ।