Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

गोविन्द बन्दीले लिए कानुन मन्त्रीको सपथ, बडूलाई उद्योग मन्त्रालयको जिम्मेवारी

गोविन्द बन्दीले लिए कानुन मन्त्रीको सपथ, बडूलाई उद्योग मन्त्रालयको जिम्मेवारी

  • बिहिवार, चैत्र २४ २०७८

  • 598
    SHARES

  • गोविन्द बन्दीले लिए कानुन मन्त्रीको सपथ, बडूलाई उद्योग मन्त्रालयको जिम्मेवारी

    काठमाडौँ । अन्तर्राष्ट्रिय कानुनका विज्ञ गोविन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त हुनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बन्दीलाई आज मन्त्री नियुक्त गर्नुएको हो ।

    बन्दीले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ ग्रहण पनि गरिसक्नुभएको छ । यसअघि कानुन मन्त्रालयको कार्यभार सम्हाल्दै आउनुभएका दिलेन्द्रप्रसाद बडूलाई हाल प्रधानमन्त्रीले सम्हालिरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    गत फागुनमा प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन गर्नुअघि व्याख्यात्मक घोषणा तयार पार्न बन्दी सक्रिय हुनुहुन्थ्यो । बन्दीको सक्रियतामा तयार पारिएको व्याख्यात्मक घोषणाकै कारण एमसीसी अनुमोदन हुनका साथै गठबन्धन पनि जोगिएको थियो ।


    बिहिवार, चैत्र २४ २०७८०४:४१:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij