Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दै

निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दै

  • मंगलवार, चैत्र २२ २०७८

  • 347
    SHARES

  • निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दै

    काठमाडौं । निर्वाचन आयोगले आज मंगलबार राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ।आयोगले स्थानीय तह निर्वाचनको आचारसहिंताका विषयमा बिहान साढे ११ बजे दलका प्रतिनिधिहरुसँग छलफल गर्न लागेको हो।

    छलफलमा आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न दलहरूबाट प्रतिबद्धता खोज्ने तयारी गरेको छ। साथै, आयोगले सो अवसरमा दलहरूलाई आचारसंहिताको पूर्ण पालनाका लागि आग्रह पनि गर्नेछ।

    छलफलका लागि स्थानीय चुनावमा भाग लिने ७९ वटै दललाई बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।


    मंगलवार, चैत्र २२ २०७८०७:५०:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij