Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

जसपा सोलुका अध्यक्ष किरातीसहित आधा दर्जन बढी नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

जसपा सोलुका अध्यक्ष किरातीसहित आधा दर्जन बढी नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

  • शनिवार, चैत्र १९ २०७८

  • 530
    SHARES

  • जसपा सोलुका अध्यक्ष किरातीसहित आधा दर्जन बढी नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

    काठमडौँ । जनता समाजवादी पार्टी (जसपा)का सोलुखुम्बु अध्यक्ष गान्धिभ किरातीसहित झन्डै एक दर्जन नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जसपा प्रदेश एक कमिटी सदस्यसमेत रहनुभएका नेता किरातीसहित उपाध्यक्ष जीवन राई, जसपा सोलु–काठमाडौँ सम्पर्क समिति अध्यक्ष लक्ष्मण बस्नेत तथा उपाध्यक्ष नन्द कुमारी राई, समाजवादी युवा संघका जिल्ला अध्यक्ष युद्ध मगर तथा उपाध्यक्ष सुस्मिता बस्नेतलगायतका नेता–कार्यकर्ता आज माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

    नवप्रवेशीहरुलाई पेरिसडाँमा आयोजित एक समारोहमा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खादा र अबिर लगाइदिएर स्वागत गर्नुभयो । पार्टीले आफूहरुको योगदानको कदर नगरेको भन्दै उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

    स्थानीय तहको चुनाव नजिकिँदै जाँदा सोलुखुम्बुमा मओवादी केन्द्रप्रतिको आकर्षण बढ्दो रहेको नेताहरुले बताएका छन् । यसअघि नेकपा एमाले र नेकपा (एकिकृत समाजवादी)का झन्डै एकसय जना नेता–कार्यकर्ता पनि माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।


    शनिवार, चैत्र १९ २०७८०७:५३:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij