Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

परिवर्तन रोक्नेहरूका हातमा नेतृत्व जानुले मुलुकले समस्या भोगिरहेको छ : प्रचण्ड

परिवर्तन रोक्नेहरूका हातमा नेतृत्व जानुले मुलुकले समस्या भोगिरहेको छ : प्रचण्ड

  • शनिवार, चैत्र १९ २०७८

  • 384
    SHARES

  • परिवर्तन रोक्नेहरूका हातमा नेतृत्व जानुले मुलुकले समस्या भोगिरहेको छ : प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले जितेका स्थानीय तहमा राम्रो काम भएको दाबी गर्नुभएको छ । छोरी रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकामा राम्रो काम भएको दाबी गर्दै उहाँले त्यहाँको उदाहरण दिएर माओवादीले जितेका स्थानीय तहमा राम्रो काम भएको बताउनुभयो ।

    ‘राम्रो गरेका देशभरका ५ वटा पालिकाहरूमध्ये ३ वटा माओवादी केन्द्रले जितेका छन्,’ पेरिसडाँमा आयाजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘महानगरपालिकाहरूमा भरतपुर महानगरपालिका सुशासन, विकास तथा समृद्धिका दृष्टिकोणबाट नमूना भएको छ ।’

    संघ र प्रदेशमा माओवादी केन्द्रको नेतृत्व नहुँदा देशले समस्या भोगिरहेको प्रचण्डको दाबी छ । मुलुकका पछिल्ला परिवर्तनहरू माओवादी केन्द्रकै कारणले भएको दाबी गर्दै उहाँले परिवर्तनपछि माओवादीको नेतृत्व नहुँदा समस्या भएको पनि बताउनुभयो ।

    ‘माओवादी केन्द्रले परिवर्तन ल्याउने, परिवर्तनपछि परिवर्तन रोक्नेहरूका हातमा नेतृत्व जाने अवस्थाले समस्या निम्तिरहेको छ,’ प्रचण्डले भन्नुभयो, ‘त्यसै कारण अस्थिरता कायमै छ । परिवर्तनमाथि खतरा कायम छ ।’


    शनिवार, चैत्र १९ २०७८०३:४३:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij