Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

 प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै

 प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै

  • शनिवार, चैत्र १९ २०७८

  • 377
    SHARES

  •  प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीच आज भेटवार्ता हुँदै

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्। 

    तीन दिने औपचारिक भ्रमणमा शुक्रबार दिल्ली पुगेका देउवाले आज प्रधानमन्त्री देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा देउवा रु मोदीबीच प्रतिनिधिमण्डल स्तरीय वार्ता हुनेछ। मोदीले  नेपाली समकक्षीको सम्मानमा दिवा भोजको आयोजना गर्नेछन्। 

    वार्तापछि ३५ किलोमिटर लामो जयनगर–कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन १३२ वटा स्वस्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्य दृश्यका माध्यमबाट जानकारी लिने कार्यक्रम रहेको छ। 

    यस्तै आजै दुवै देशका प्रधानमन्त्रीले धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा रेल सेवा दिल्लीबाटै संयुक्त रुपमा ‘फ्लाग अफ’ गरी उद्घाटन गर्ने कार्यक्रम छ।

    देउवाले आजै भारतीय उपराष्ट्रपति वेन्कैया नायडुसँग पनि भेट गर्ने छन्। आज दिल्लीमा व्यस्त रहेका देउवा भोलि उत्तर प्रदेश जाने र त्यहाँ काशी विश्वनाथकाे दर्शन गरेर फर्किने दिल्लीबाट काठमाडौं आउने छन्। 

    देउवाले हिजो भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग पार्टी कार्यालयमै पुगेर भेटवार्ता गरे। त्यस्तै भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशङ्करले भेटवार्ता गरे।

    यस्तै देउवा भारतका लागि नेपालका राजदूत शङ्कर प्रसाद शर्माले दूतावासमा आयोजना गरेको स्वागत समारोहमा सहभागी भए।

     


    शनिवार, चैत्र १९ २०७८०७:५३:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij