Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

पेट्रोलियम व्यवसायीको मनपरी, अत्यावश्यक इन्धनको बिक्रीमा अवरोध

पेट्रोलियम व्यवसायीको मनपरी, अत्यावश्यक इन्धनको बिक्रीमा अवरोध

  • शुक्रवार, चैत्र १८ २०७८

  • 453
    SHARES

  • पेट्रोलियम व्यवसायीको मनपरी, अत्यावश्यक इन्धनको बिक्रीमा अवरोध

    काठमाडौँ - राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले शुक्रबारदेखि अत्यावश्यक पेट्रोलियम पदार्थको लोड-अनलोड ठप्प पारेको छ ।

    इन्धन ढुवानी भाडालाई डिजेलको मूल्य अनुपातमा घटबढ हुनेगरी स्वचालित प्रणाली कायम गर्नुपर्ने, पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन वृद्धि गर्नुपर्ने लगायत माग राख्दै करिब दुई सातादेखि आन्दोलन गरिरहेका उनीहरुले शुक्रबार डिपोबाट इन्धन लोड-अनलोड नै बन्द गरे ।

    जसले गर्दा पम्पहरुबाट हुने इन्धनको बिक्री वितरणमा असर परेको छ । आइतबारबाट बिक्री नै ठप्प पार्ने चेतावनी व्यवसायीले दिएका छन् ।

    अत्यावश्यक वस्तुको रुपमा रहेको इन्धनको 'लोडिङ' नै बन्द हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणको दैनिकीमा पर्छ । व्यवसायीले एकतर्फी रुपमा इन्धनको बिक्री वितरण अवरोध गरेको भन्दै नेपाल आयल निगमले जायज माग सम्बोधन गरिदिने बताएको छ ।

    ‘जायज माग सम्बोधन गर्नका लागि केही समय माग गरेका थियौं । पटक-पटक व्यवसायीले एकतर्फी आन्दोलन गरिरहेका छन्’ निगमका प्रबक्ता बिनितमणि उपाध्यायले भने, ‘शुक्रबार नै बिक्री प्रभावित बनेको छ । दिउँसो एक बजेसम्म आर्मी, नेपाल प्रहरी, ससस्त्र प्रहरी र साझा बाहेक निजी पम्पले तेल लोड गरेका छैनन् । केही व्यवसायीहरुले थानकोट र अमलेखगन्ज डिपो समेत घेराउ गरेको उपाध्यायले बताए ।

    यसअघि व्यवसायीका माग सम्बोधन गर्न भन्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहसचिव राधिका अर्यालको संयोजकत्वमा एक उपसमिति गठन भएको थियो ।

    गुणस्तर तथा नापतौल विभागका महानिर्देशक दिनानाथ मिश्र, निगम कार्यकारी निर्देशक उमेश थानी, निगमका प्रशासन प्रमुख नागेन्द्र साह र निगमकै नायव कार्यकारी निर्देशक सुशील भट्टराई सदस्य छन् । उक्त उपसमितिले तयार पारेको रिर्पोट अनुसार जायज माग सम्बोधन गर्ने निगमको भनाइ छ ।

    ‘व्यवसायीको मागप्रति निगम व्यवस्थापन सकरात्मक नै छ । जेठ मसान्तसम्मको समय माग गरेका छौ’ उपाध्यायले भने, ‘तर, व्यवसायीहरु आफ्नै अडानमा छन् ।, मनपरी रुपमा व्यवसायीले अत्यावश्यक वस्तुको लोड-अनलोड ठप्प पारिरहँदा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मौन छ ।

    अत्यावश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन २०१७ अनुसार अत्यावश्यक वस्तु आपूर्तिमा बन्द-हडताल गर्न पाइँदैन । २०७७ मंसिर १५ मा सरकारले जारी गरेको राजपत्रमा २५ वटा क्षेत्रमध्ये एलपी ग्याससहित पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवासमेत उल्लेख गरिएको छ ।

    राजपत्रमार्फत अत्यावश्यक सेवामा हडताल गर्न नपाइने सूचना प्रकाशित भए पनि त्यसको ठाडो उल्लंघन गर्दै व्यवसायीले बन्द गरिरहेका हुन् ।


    शुक्रवार, चैत्र १८ २०७८०३:११:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij