Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीको भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाईंमा पुर्‍याउँछ : मन्त्री कार्की

प्रधानमन्त्रीको भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाईंमा पुर्‍याउँछ : मन्त्री कार्की

  • शुक्रवार, चैत्र १८ २०७८

  • 597
    SHARES

  • प्रधानमन्त्रीको भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाईंमा पुर्‍याउँछ : मन्त्री कार्की

    काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्याउने बताएका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कार्कीले सो कुरा बताएका हुन् ।

    मन्त्री कार्कीले प्रधानमन्त्री देउवाको तीन दिने भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ र उच्चस्तरमा पुर्याएर मुलुकको हित गर्ने बताए । प्रधानमन्त्री देउवा शुक्रवार नै भारत प्रस्थान गरिसकेका छन् । सञ्चारमन्त्री कार्कीले भने– ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय प्रधानमन्त्री महामहिम नरेन्द्र मोदीको निमन्त्रणामा ३ दिने औपचारिक भ्रमणमा आज प्रस्थान गर्नुहुँदैछ ।

    मुलरुपमा नेपाल र भारतको बीचमा सदियौंदेखि रही आएको जुन सम्बन्ध छ, त्यो सम्बन्धलाई अझ प्रगाढ गर्न, त्यो सम्बन्धलाई अझ उच्चस्तरमा पुर्याएर मुलुकको हितमा यो भ्रमण केन्द्रीत रहने कुरा म यहाँहरु मार्फत् निवेदन गर्न चाहान्छु ।’ बिहीबारको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णयहरु गरेको छ ।


    शुक्रवार, चैत्र १८ २०७८०२:२५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij