Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

चुनावमा गठबन्धन एक भएर जाने निर्णयले माओवादी र नेकपा एसलाई राहत !

चुनावमा गठबन्धन एक भएर जाने निर्णयले माओवादी र नेकपा एसलाई राहत !

कसैको बहुमत नआउने सुवास नेम्वाङको दाबी, गठबन्धन मूल्यमान्यताका आधारमा हुनुपर्नेमा जोड
  • बिहिवार, चैत्र १७ २०७८

  • 462
    SHARES

  • चुनावमा गठबन्धन एक भएर जाने निर्णयले माओवादी र नेकपा एसलाई राहत !

    काठमाडौँ । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसभित्रको मतभिन्नताका बाबजुद आसन्न स्थानीय तह निर्वाचनमा सत्तासीन दलहरुबीच चुनावी गठबन्धन गर्ने सहमति भएको छ । आज प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले स्थानीय तहको चुनावमा एक भएर जाने औपचारिक निर्णय गरेको हो ।

    बैठकले तत्काललाई गठबन्धन दलहरूबीच मात्रै चुनावी गठबन्धन गर्ने समझदारी गर्दै अरु दलसँगको तालमेलाई बन्देज लगाएको हो । यस अघिको राष्ट्रियसभा चुनावमा जसरी गठबन्धन एकढिक्का भएर आसन्न स्थानीय तहको चुनावमा पनि सामेल हुने बैठकपछि सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

    गठबन्धनले प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा तत्काल संयन्त्र गठन गर्ने निर्णय गर्दै ती संयन्त्रहरूलाई स्थानीय अवस्था र आवश्यकताको विषयमा छलफल गरी पाँच दिनभित्र केन्द्रलाई प्रतिवेदन पठाउन निर्देशन गरेको छ । त्यसपछि कुन दलले कति र कुन स्थानीय तह पाउने भन्नेबारे निर्णय हुने बताइएको छ ।

    यता, प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि स्थानीय निर्वाचनमा सत्तागठबन्धनबीच तालमेल हुने निर्णय भइसकेकोले जस्तोसुकै अप्ठ्यारो पनि सामना गर्ने बताउनुभएको छ ।

    रिपोर्टस क्लबको वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले निर्वाचनमा गठबन्धनको सहकार्य जारी राख्ने निर्णय कांग्रेसले गरिसकेकोले अब कुनै समस्या नपर्ने बताउनुभयो । आफूलाई सहयोग गरेर प्रधानमन्त्री बनाउनेहरूलाई आफूले पनि असहयोग नगर्ने उद्घोष गर्दै देउवाले अब गठबन्धन अझ एकतावद्ध भएर अघि बढ्ने बताउनुभयो ।

    चुनावी गठबन्धनको निर्णयसँगै सत्तासाझेदार माआवादी केन्द्र र एकीकृत समाजवादीलाई राहत मिलेको छ । गठबन्धन सरकार बनेयता यी दुई दलले तीनै तहको निर्वाचनमा चुनावी तालमेल गर्नुपर्नेमा जोड दिँदै आएका थिए ।
    संविधान, लोकतन्त्र र राष्ट्रिताका लागि गठबन्धन बनेको भन्दै चुनावमा पनि गठबन्धनकै रुपमा जानेबारे अब कुनै द्वविधान नरहेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइ छ ।

    संविधान सभा अध्यक्षसमेत रहनुभएका एमाले उपाध्यक्ष सुवास नेम्वाङले भने चुनावमा बहुमत कुनै पनि दलले ल्याउन नसक्ने बताउनुभयो । तीनै तहको चुनावमा कुनै दलले बहुमत नल्याउने भन्दै उहाँले त्यसपछि पनि गठबन्धनकै सरकार बन्ने उहाँले बताउनुभयो । तर गठबन्धन संसदीय मूल्यमान्यतामा आधारित हुनुपर्ने नेम्वाङको भनाइ छ ।

    यता, एमाले अध्यक्ष केपी शर्मा ओलीले भने गठबन्धनसम्बद्ध दल मात्र नभई दर्ता भएका सबै दल एक भएर आए पनि एमालेलाई हराउन नसक्ने दाबी गर्दै आउनुभएको छ ।


    बिहिवार, चैत्र १७ २०७८०७:४५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij