Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धन दलको बैठक आज बस्दै, चुनावी गठबन्धका विषयमा छलफल गर्ने

सत्ता गठबन्धन दलको बैठक आज बस्दै, चुनावी गठबन्धका विषयमा छलफल गर्ने

  • बिहिवार, चैत्र १७ २०७८

  • 421
    SHARES

  • सत्ता गठबन्धन दलको बैठक आज बस्दै, चुनावी गठबन्धका विषयमा छलफल गर्ने

    काठमाडौं– चुनावी गठबन्धका विषयमा छलफल गर्न आज (बिहीबार) सत्ता गठबन्धन दलको बैठक बस्दै छ।

    प्रधानमन्त्री निवास, बालुवाटारमा बस्नेगरी बिहीबार बिहान १० बजेका लागि सत्तागठबन्धनको बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले बताए।

    सत्ता गठबन्धनको बैठकमा स्थानीय तह निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने एक नेताले बताए। बैठकमा आगामी निर्वाचनमा तल्लो निकायसम्म सत्ता गठबन्धन कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुने उनको भनाइ छ।

    आगामी वैशाख ३० गतेका लागि ताय भएको स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका प्रमुख दलबीच गठबन्धनको तयारी भइराखेको छ। 
     


    बिहिवार, चैत्र १७ २०७८०७:०६:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij