Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

एमाले भर्सेस पाँच दलीय गठबन्धन, कसले जित्ला चुनाव, के भन्छन् विश्लेषक ?

एमाले भर्सेस पाँच दलीय गठबन्धन, कसले जित्ला चुनाव, के भन्छन् विश्लेषक ?

  • बुधवार, चैत्र १६ २०७८

  • 1.9K
    SHARES

  • एमाले भर्सेस पाँच दलीय गठबन्धन, कसले जित्ला चुनाव, के भन्छन् विश्लेषक ?

    काठमाडौँ – स्थानीय तहको निर्वाचनमा नेकपा एमालेविरुद्ध पाँच दलीय गठबन्धन मैदानमा उत्रिने लगभग पक्का भएपछि सम्भावित चुनावी परिणामबारे चर्चा परिचर्चा सुरु भएको छ ।

    प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले हिजो मात्रै चुनावी तालमेल गरेर निर्वाचनमा जाने निर्णय लिएको थियो । कांग्रेसको निर्णयपछि अब चुनावी तालमेलको भागबण्डाबारे सत्ता गठबन्धनमा गृहकार्य भइरहँदा सम्भावित परिणामबारे चर्चा हुन थालको हो ।

    विश्लेषकहरुले यसबारे फरक फरक अनुमान सार्वजनिक गरेका छन् । एकथरिले सत्ता गठबन्धन मिलेर चुनावमा गए एमाले पत्तासाफ हुने बताएका छन् भने अर्काेथरि त्यसको ठीक उल्लो एमाले नै बलियो बनेर आउने जिकिर गरिरहेका छन् ।

    राजनीतिक विश्लेषक डा. लोकराज बरालले बलियो एमालेविरुद्ध गठबन्धन गर्ने कांग्रेसको निर्णय तत्कालका लागि सही रहेको प्रतिक्रिया दिनुभयो । लोकप्रियता बढाउन नसकेको कांग्रेसका लागि एमालेलाई रोक्न गठबन्धनको सहारा नै उचित रहेको उहाँले बताउनुभयो ।

    तर, अर्का राजनीतिशास्त्री कृष्ण पोखरलेको बुझाइ ठीक उल्टो छ । पाँच दलीय गठबन्धनकै कारण एमालेलाई अझ धेरै शक्ति आर्जन गर्न सहज हुने उहाँले दाबी गर्नुभयो ।

    बलियो पार्टीको समर्थनमा कमजोर पार्टीको कमजोर उम्मेदवारलाई विजयी गराउन सकिन्छ भन्ने भ्रम सत्ता गठबन्धनले पालिरहेको उहाँले बताउनुभयो । कुनै पार्टीको आदेशमा जनताले आफूले चाहेको भन्दा फरक पार्टीका उम्मेदवारलाई भोट हाल्छन् भन्ने मानसिकता नै गलत रहेको उहाँको बुझाइ छ ।

    तर, राजनीतिशास्त्री बराल भने गठबन्धनले त्यसमा आबद्ध सबै दललाई बराबर फाइदा पु¥याउने दाबी गर्नुभयो । कांग्रेस, माओवादी, नेकपा एससहितका सबै दललाई गठबन्धनले घाटा नगर्ने उहाँले बताउनुभयो । नेकपा एसले एमालेलाई क्षति गरेर गठबन्धनलाई धेरै फाइदा दिन सक्ने आकलन उहाँको छ ।

    विश्लेषकहरुका फरक फरक धारणा आइरहेका बेला राजनीतिक दलका शीर्ष नेताहरुले भने आ–आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनप्रति कटाक्ष गर्दै पाँचवटा किलोको ढक एकातिर र क्वीनटलवाला एमाले तराजुको अर्काेतिर बसेको टिप्पणी गर्नुभयो ।

    गठबन्धन भए चुनावी परिणाम पक्षमा पार्न कांग्रेसलाई सहज हुने तर, माओवादी र नेकपा एसलाई त्यति फाइदा हुन नसक्ने विश्लेषण पनि भइरहेको छ । एक अन्तर्वार्तामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अघिल्लो निर्वाचनमा कांग्रेसीहरुले रुख छाडेर हँसिया हथौडामा भोट हाल्न कन्जुसाई गरेको पाइएको बताउनुभएको थियो ।

     


    बुधवार, चैत्र १६ २०७८०६:५३:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij