Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि, चुनावी तालमेलबारे निर्णय हुने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि, चुनावी तालमेलबारे निर्णय हुने

  • सोमवार, चैत्र १४ २०७८

  • 550
    SHARES

  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि, चुनावी तालमेलबारे निर्णय हुने

    काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजे पछि बस्ने गरी बैठक बोलाइएको छ ।

    गएको शुक्रबारदेखि जारी बैठक आज सकाउने तयारी छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार आजको बैठकबाट कांग्रेसले चुनावी तालमेलका विषयमा निर्णय गर्ने सम्भावना छ ।

    तालमेलको पक्ष/विपक्षमा निरन्तर विभिन्न धारणा आइरहे पनि पार्टीले आवश्कताको सिद्धान्तानुसार तालमेलको पक्षमा निर्णय लिने उहाँको भनाइ छ । वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेता तालमेलको पक्षमा देखिनुभएको छ भने नेता शेखर कोइराला समूह तालमेलको विपक्षमा छ ।

    यस्तै, सबैभन्दा धेरै चासो भरतपुर महानगरपालिकामा भइरहेको र त्यसका विषयमा पनि निचोडमा पुग्ने बताइएको छ । बैठकमा आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचका लागि पार्टीले गरेको एकमहिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔं’ अभियानको समीक्षा जारी छ ।


    सोमवार, चैत्र १४ २०७८०८:४१:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij