Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images
स्थानीय तह निर्वाचन

देशर १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकियो

देशर १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकियो

  • सोमवार, चैत्र १४ २०७८

  • 720
    SHARES

  • देशर १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकियो

    काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशभर १० हजार ७ सय ५६ वटा मतदान स्थल निर्धारण गरिएको छ । त्यसभित्र २१ हजार ९ सय ५५ मतदान केन्द्र पनि तोकिएको छ ।

    हिजो बसेको निर्वाचन आयोगको बैठकले स्थानीय तहको निर्वाचनका लागि मतदाताको संख्या, मतदान स्थल र मतदान केन्द्रको टुंगो लगाएको हो । आयोगले सार्वजनिक गरेको सूचीअनुसार मधेस प्रदेशमा सबैभन्दा बढी मतदान स्थल २ हजार १ सय ६३ वटा र ४ हजार १ सय ८९ वटा मतदान केन्द्र तोकिएका छन् । मधेस प्रदेशका ८ जिल्लामा गरी मतदाताको संख्या ३३ लाख ३१ हजार १ सय ७० रहेको आयोगले जनाएको छ ।

    प्रदेश १ मा १ हजार ८ सय ७७ मतदान स्थल तथा ४ हजार ५१ मतदान केन्द्र निर्धारण गरिएको छ । जहाँ ३३ लाख ४७ हजार ३ सय ८४ जना मतदाता छन् ।

    बागमती प्रदेशमा १ हजार ७ सय ९२ मतदान स्थल तथा ४ हजार ९५ मतदान केन्द्र राखिएका छन्, जुन प्रदेशमा सबैभन्दा बढी ३४ लाख १२ हजार ८ सय ६९ जना मतदाता छन् । आयोगका अनुसार गण्डकी प्रदेशमा १ हजार २ सय ५३ मतदान स्थल छन्, गण्डकीमा १७ लाख ८९ हजार ४ सय ११ मतदाता छन् ।

    यसैगरी ३२ लाख १९ हजार ४ सय ५७ मतदाता रहेको लुम्बिनीमा १ हजार ६ सय २९ मतदान स्थल तोकिएको छ । १० लाख १ हजार २ सय ८२ मतदाता रहेको कर्णालीमा ९ सय ७ मतदान स्थल निर्धारण गरिएको छ भने सुदूरपश्चिम प्रदेशमा १ हजार १ सय ३५ मतदान स्थल तय गरिएको छ । जहाँ १६ लाख ३२ हजार १ सय ५० मतदाता रहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।


    सोमवार, चैत्र १४ २०७८०८:१९:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij