Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

नेविसंघ र तरुण दलका तदर्थ समिति गठनविरुद्ध खबरदारी भेला गरिँदै

नेविसंघ र तरुण दलका तदर्थ समिति गठनविरुद्ध खबरदारी भेला गरिँदै

  • सोमवार, चैत्र १४ २०७८

  • 637
    SHARES

  • नेविसंघ र तरुण दलका तदर्थ समिति गठनविरुद्ध खबरदारी भेला गरिँदै

    काठमाडौँ । नेपाली कांग्रेसका भ्रातृ संस्था नेपाल विद्यार्थी संघ र तरुण दलको तदर्थ समिति एकलौटी ढंगले गठन गरिएको भन्दै असन्तुष्टि जनाउँदै आएको संस्थापन इतर समूहले आज ‘खबरदारी भेला’ आयोजना गर्ने भएको छ ।

    यही चैत ९ गते प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्ष विद्वान् गुरुङलाई तोकेपछि संस्थापन इतर समूह असन्तुष्ट भएको छ ।

    काठमाडौँको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा आज दिउँसो १ बजे खबरदारी भेला गर्न लागिएको आयोजक ‘न्याय र समान अवसरका लागि हाम्रो अभियान’ले जनाएको छ । संस्थापन इतर डा. शेखर कोइराला पक्षले व्यक्तिप्रति आपत्ति नरहे पनि बिनापरामर्श गरिएको मनोनयप्रति असन्तुष्टि जनाउँदै आएको छ ।


    सोमवार, चैत्र १४ २०७८०७:४६:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij