Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

ओली कपिलवस्तु जाँदै, पाँच हजारलाई एमालेमा भित्राउने दाबी

ओली कपिलवस्तु जाँदै, पाँच हजारलाई एमालेमा भित्राउने दाबी

  • सोमवार, चैत्र १४ २०७८

  • 532
    SHARES

  • ओली कपिलवस्तु जाँदै, पाँच हजारलाई एमालेमा भित्राउने दाबी

    काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कपिलवस्तु जाँदै हुनुहुन्छ । एमाले लुम्बिनी प्रदेश कमिटीले दिएको जानकारी अनुसार संघीय सांसद वृजेशकुमार गुप्तासहित सत्ता गठबन्धनका केन्द्र, प्रदेश र जिल्लाका नेतासहित विभिन्न व्यक्तिलाई पार्टी प्रवेश गराउन अध्यक्ष ओली कपिलवस्तु आउन जान लाग्नुभएको हो ।

    एमाले कपिलवस्तुले पार्टी अध्यक्ष ओली जिल्लामा आउने भएपछि चुनावी सभाको आयोजना गरी अन्य पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउने योजना बनाएको हो । एमालेका केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज वलराम अधिकारीले आजको चुनावी सभाले कपिलवस्तुका १० वटै स्थानीय तहमा एमालेले पकड जमाउन सक्षम भएको सन्देश दिने बताउनुभयो ।

    चुनावी सभामार्फत संघीय सांसद गुप्ता, प्रदेश सांसद धर्म वहादुरलाल श्रीवास्तव सहित पाँच हजार बढी अगुवा कार्यकर्ता एमालेमा प्रवेश गर्ने दाबी गरिएको छ । यसअघि समाजसेवी मंगलप्रसाद गुप्तासहित चार हजार बढीलाई पार्टी प्रवेश गराउन अध्यक्ष ओली तीन महिना पहिले कपिलवस्तु पुग्नुभएको थियो ।

    ओलीले आज बिहान भैरहवामा आयोजित पार्टी प्रवेश तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम पनि छ । भैरहवाको कार्यक्रम सकेर दिउँसो उहाँ तौलिहवा जानुहुने छ । शाँझ फर्केर बुटवल बस्ने एमाले केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज भूमिश्वर ढकालले जानकारी दिनुभयो ।

    त्यस्तै भोलि बिहान तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वनबाटिकाभित्र निर्माण भएको भ्यू टावर उद्घाटन, होटल ड्रिमल्याण्डमा आयोजना हुने भूपूसैनिक तथा प्रहरी संगठनको केन्द्रीय महाधिवेशनको उद्घाटन कार्यक्रम र दिउँसो लुम्बिनीमा वृहत पार्टी प्रवेश कार्यक्रम तथा सम्बोधन कार्यक्रममा अध्यक्ष ओली सहभागी हुने कार्यक्रम तय भएको छ ।


    सोमवार, चैत्र १४ २०७८०७:१०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij