Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी

कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी

स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल हुँदै
  • आइतवार, चैत्र १३ २०७८

  • 548
    SHARES

  • कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी

    काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक पार्टी कार्यालय सानेपामा बसिरहेको छ । बैठकमा स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफल भइरहेको छ । शुक्रबारबाट सुरु भएको बैठक आइतबार पनि जारी छ ।

    आइतबार दिउँसो बसेको बैठकले घरघर जाऔं काँग्रेस जिताऔँ अभियानबाट फर्किएका प्रतिनिधिले बिफ्रिङ गरिरहेका छन् । शुक्रबार २० जना प्रतिनिधिले आफू खटेको जिल्लाको वस्तुस्थितिबारे बिफ्रिङ गरेका थिए । सोही दिन ६ वटा प्रदेश सभापति र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बैठकमा धारणा राखेका थिए ।

    आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा केन्द्रीय तहबाटै गर्ने कि स्थानीय तहको आवश्यकताअनुसार गर्ने भन्ने विषयमा छलफल केन्द्रित छ । अधिकांश केन्द्रीय प्रतिनिधिले स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्नुपर्ने पक्षमा राय राखेको पाएको छ ।

    बैठकमा चुनावी गठबन्धन र घोषणापत्रबारे छलफल भइरहेको प्रवक्ता प्रकाशशरण महतले बताए । यस्तै स्थानीय तहका उम्मेदवार छनोटका लागि संसदीय बोर्ड गठन गर्ने बैठकको एजेण्डा छ । महामन्त्री गगन थापा नेतृत्वको ‘स्थानीय तह निर्वाचन( २०७९, घोषणापत्र तयारी समिति’लाई पूर्णता दिइनेछ ।


    आइतवार, चैत्र १३ २०७८०२:०७:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij