Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

देउवाको डर : कांग्रेसले गठबन्धन नगरे एमाले–माओवादी मिल्छन् !

देउवाको डर : कांग्रेसले गठबन्धन नगरे एमाले–माओवादी मिल्छन् !

  • शनिवार, चैत्र १२ २०७८

  • 423
    SHARES

  • देउवाको डर : कांग्रेसले गठबन्धन नगरे एमाले–माओवादी मिल्छन् !

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउनका लागि निर्वाचनमा गठबन्धनको आवश्यकता रहेको बताएका छन् ।

    शनिबार काठमाडौंमा बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै देउवाले पार्टीभित्र सबै नेताले जित्न र पार्टीलाई बलियो बनाउनका लागि नै गठबन्धनको आवश्यकता रहेको बताएका हुन् ।

    उनले आफ्नो कर्तव्य भनेको नै पार्टीलाई जिताउनु भएको जिकिर गरे । गठबन्धनको कुरा गरेर आफूले केही नबिगारेको र पार्टीको हितका लागि नै काम गरेको उल्लेख गरे ।

    अहिले पनि नेकपा ९एमाले० बलियो नै रहेको र कांग्रेसले गठबन्धन नगरे एमाले र नेकपा ९माओवादी केन्द्र० मिल्ने सम्भावना रहेको देउवाको भनाइ छ ।

    बीपी र सुवर्णशमशेरदेखि नै पार्टीभित्र गुट रहेको भन्दै उनले तत्काल पार्टीको गुट अन्त्य हुन नसक्ने तर्क गरे ।

    संसद् विघटन गर्दा नै आफू निर्वाचनको पक्षमा रहे पनि संसद् पुनःस्थापनापछि सबैको सहयोगमा प्रधानमन्त्री बन्नु गलत नभएको बताए । पार्टीलाई कमजोर बनाउन नहुने सुझावलाई सकारात्मक रूपमा लिएको उनले उल्लेख गरे ।

    प्रधानमन्त्री देउवाले मुलुकको व्यापार घाटा आफ्नो कारणले नभएको भन्दै एमसीसीका कारण व्यापार घाटा कम हुने दाबी गरे ।

    कार्यक्रममा कांग्रेस नेता शेखर कोइरालाले पार्टीको आफ्नै विचार र सिद्धान्तले निर्वाचनमा जानुपर्ने धारणा राखे । गठबन्धनका कारण कांग्रेसको अवस्था भारतीय कांग्रेसकै जस्तो हुन्छ कि भन्ने आशंका पैदा भएको उनको भनाइ छ ।

    कार्यक्रममा कांग्रेसका अरू नेताले पार्टीभित्रको गुटउपगुट अन्त्य गर्दै पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिएका थिए ।


    शनिवार, चैत्र १२ २०७८०३:३२:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij