Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images
चिनियाँ विदेशमन्त्रीको भ्रमण

सुध्रिएला एमसीसीले धमिलिएको चीनसँगको कूटनीतिक सम्बन्ध ?

सुध्रिएला एमसीसीले धमिलिएको चीनसँगको कूटनीतिक सम्बन्ध ?

  • शुक्रवार, चैत्र ११ २०७८

  • 793
    SHARES

  • सुध्रिएला एमसीसीले धमिलिएको चीनसँगको कूटनीतिक सम्बन्ध ?

    काठमाडौँ । मित्रराष्ट्र चीनका विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका क्रममा आज काठमाडौँ आइपुग्नुभएको छ । आज अपरान्ह काठमाडौँ आर्लिनुभएका चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङले भोलिदेखि औपचारिक भेटवार्ता थाल्ने कार्यक्रम छ ।

    भोलि बिहान समकक्षी डा. नारायण खड्कासँग सिंहदरबारमा भेटेपछि सुरु हुने विदेशमन्त्री वाङको औचारिक भेटवार्ता प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसम्म पुग्ने सकिने छ ।

    दक्षिण एसियाली मुलुकहरू पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमण सकेर तीन दिने भ्रमणमा नेपाल आइपुग्नुभएका विदेशमन्त्री वाङको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

    नेपालले चिनियाँ दबाब नजरअन्दाज गर्दै हालै अमेरिकी सहायता परियोजना एमसीसी पारित गरेपछि उत्पन्न परिस्थितका बीच हुन लागेको वाङको यो भ्रमणलाई कूटनीतिज्ञहरु अवसरको रुपमा अथ्र्याउँछन् । कूटनीतिमा यस किसिमको उच्चस्तरिय भ्रमणको आफ्नै महत्व हुने कूटनीतिज्ञ दीपकुमार उपाध्याय बताउनुहुन्छ । चिनियाँ विदेशमन्त्री वाङको यो भ्रमण एमसीसीले धमिलिएको सम्बन्धलाई सुधार्ने अवसर भएको उपाध्याय बताउनुहुन्छ ।

    एमसीसीबारे खुलेरै विरोध गरेको चीनले व्याख्यात्मक घोषणासहित सदनबाट अनुमोदन भएपछि भने थप केही प्रतिक्रिया जनाएको छैन । सुरुमा संशोधनबिना अनुमोदन गर्नै नहुने पक्षमा उभिएका दल पनि अन्तिममा आएर १२ बुँदे व्याख्यात्मक घोषणामा सीमित बनेपछि एमसीसी अनुमोदन भइसकेको छ ।

    चीनसँग प्रशस्तै समस्या रहेका र यो स्वभाविक भएको कूटनीतिज्ञहरुको बुझाइ छ । समस्यासँगै समाधान पनि हुने भन्दै यसका लागि सरकार र राजनीतिक दलहरुमा इच्छाशक्ति हुनुपर्ने कूटनीतिज्ञ दीपकुमार उपाध्याय बताउनुहुन्छ ।

    आफ्नो चाहनाविपरीत एमसीसी अनुमोदनपछि नेपालप्रति चीनको रबैया के होला भन्ने पश्न धेरैको मनमा उब्जिएको छ । एमसीसी अनुमोदन लगत्तै विदेश मन्त्री नेपाल आउनुले चीनले नेपालसँग सम्वन्ध बिगार्न नचाहेको देखिन्छ । चीनसँग नेपालको विगतदेखि सदाबहार रूपमा सुमधुर सम्बन्ध रहिआएको छ । तर, पछिल्लो केही वर्षयता थोरै उतार–चढाव देखिएका छन् ।


    शुक्रवार, चैत्र ११ २०७८०८:०९:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij