Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

काठमाडौं आइपुगे चिनियाँ विदेश मन्त्री

काठमाडौं आइपुगे चिनियाँ विदेश मन्त्री

  • शुक्रवार, चैत्र ११ २०७८

  • 426
    SHARES

  • काठमाडौं आइपुगे चिनियाँ विदेश मन्त्री

     

    काठमाडौं – उत्तरी छिमेकी चीनका विदेश मन्त्री वाङ यी तीन दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। शुक्रबार अपरान्ह चार्टर्ड जहाजमा उनी भारतको राजधानी नयाँदिल्लीबाट काठमाडौं आइपुगेका हुन्।

    त्रिभुवन विमानस्थलमा चिनियाँ विदेश मन्त्री यीलाई परराष्ट्र सचिव भरतराज पौड्यालले स्वागत गरेका थिए। यसअघि यी साँझ ६ बजेमात्रै काठमाडौं आउने कार्यक्रम भए पनि उनी दुई घन्टाअघि आइपुगेका हुन्।

    नेपालमा अमेरिकी सहयोग परियोजना एमसिसी पारित भएपछि चीनबाट पहिलो पटक उच्च राजनीतिक भ्रमण भएको हो। चीनका स्टेट काउन्सिलरसमेत रहेका यी यसअघि पनि नेपाल आइसकेका छन्।

    तीन दिन काठमाडौंमा रहँदा चिनियाँ विदेश मन्त्री यीले द्वीपक्षीय वार्तासहित सहित महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने छन्।

    आज काठमाडौं आए पनि उनले कुनै राजनीतिक भेटघाट नगर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। शनिबार परराष्ट्र मन्त्री नारायण खड्का र यी नेतृत्वका दुई टोलीबीच औपचारिक वार्ता हुनेछ।

    उक्त वार्ताका क्रममा केही सम्झौताहरू पनि हुने अपेक्षा गरिएको छ।

    चिनियाँ विदेश मन्त्री यीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्ने कार्यक्रम छ।

    तीन दिने भ्रमण सकेर यी आइतबार स्वेदश फर्कने छन्।

    नेपाल आउनुअघि उनले पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमण गरेका थिए।


    शुक्रवार, चैत्र ११ २०७८०५:२२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij