सोलुखुम्बु : सोलुखुम्बुमा नेकपा एमाले र नेकपा (एकिकृत समाजवादी)का नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन् । एमालेका जिल्ला कमिटी सदस्य तथा प्रदेश पर्यटन बोर्ड सदस्य भिमराज राई, एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य जुद्ध बहादुर कार्की सहित एमालेका एकसय भन्दा बढी नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
सोताङ शिवटारमा आयोजित उम्मेदवार घोषणा तथा पार्टी प्रवेश कार्यक्रममा अन्य दल परित्याग गरेर उनीहरु प्रवेश गरेका माओवादी केन्द्रका सोताङ गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद नाछिरिङले जानकारी दिनुभयो । नवप्रवेशीहरुलाई माओवादी केन्द्रका सोलु इन्जार्च तथा प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘शुरवीर’ले खादा र अविर लगाएर स्वागत गर्नुभयो ।
नवप्रवेशी राई सोताङ एमालेमा प्रभावशाली नेताका रुपमा चिनिन्छिन् भने कार्की तत्कालिन एमालेको फुटमा नेकपा एसमा लागेका थिए ।