Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

एमाले केन्द्रीय कमिटी बैठक जारी, स्थानीय तहको उम्मेदवारका लागि ६ मापदण्ड तय

एमाले केन्द्रीय कमिटी बैठक जारी, स्थानीय तहको उम्मेदवारका लागि ६ मापदण्ड तय

  • बिहिवार, चैत्र १० २०७८

  • 546
    SHARES

  • एमाले केन्द्रीय कमिटी बैठक जारी, स्थानीय तहको उम्मेदवारका लागि ६ मापदण्ड तय

    काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज दोस्रो दिन पनि बबरमहलस्थित कार्की ब्याक्वेटमा जारी छ । हिजोको बैठकमा सात प्रदेशका संयोजकले स्थानीय तहमा पार्टीको अवस्थाबारे रिपोर्टिङ गरेका थिए । त्यस्तै अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

    अध्यक्ष ओलीको प्रतिवेदनमा अब सदस्यहरुले लिखित सुझाव दिनेछन् । एमालेको यो केन्द्रीय कमिटीको बैठकमा विशेष गरी स्थानीय तहको निर्वाचन केन्द्रित छलफल भइरहेको एमाले नेताहरुले बताएका छन् ।

    एमालेले स्थानीय तहको उम्मेदवार चयनका लागि प्रारम्भिक रुपमा ६ वटा मापदण्ड तय गरेको छ । आजको बैठकमा उम्मेदवार सिफारिस र चयनका बारेमा ६ वटा प्रारम्भिक मापदण्ड तय गर्दै एमालेमा छलफल सुरु भएको हो ।

    जसअनुसार एमालेबाट स्थानीय तहको उम्मेदवार हुनका लागि पार्टी नीति र कार्यक्रमप्रति प्रतिवद्ध भएको, निर्वाचित प्रतिनिधिहरुको कामको मूल्याङ्कनको आधार लिनुपर्ने, व्यक्तिगत लोकप्रियता र विजयको सुनिश्चितता देखिनुपर्ने, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा कायम राखिरहेको हुनुपर्ने, कार्यक्षमता, एवं सुशासन र विकास प्रतिको दृष्टिकोण भएकाले मात्र उम्मेदवार हुन पाउने गरी मापदण्ड बनाइएको हो ।

    सो सैद्धान्तिक मापदण्डभित्र अटाएकाले मात्र स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने जनाउँदै एमालेमा सन्तुलन र समावेशी प्रतिनिधित्व गराउन सक्ने गरी उम्मेदवार सिफारिस गर्न सम्बन्धित कमिटीहरूलाई निर्देशन दिनेबारे छलफल भइरहेको हो ।
    यसरी सिफारिस भएकामध्ये महानगर र उपमहानगरका प्रमुख÷उपप्रमुखका उम्मेदवार भने पार्टी केन्द्रले नै चयन गरी नाम निर्धारण गर्नेछ भने अन्य उम्मेदवार चयनबारे निर्णय गर्ने अधिकार एमालेले जिल्ला कमिटीलाई प्रदान गर्ने भएको छ ।


    बिहिवार, चैत्र १० २०७८०२:४८:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij