Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

नेविसंघको अध्यक्षमा दुजाङ र तरुण दलमा विद्वान, शेखरको आपत्ति

नेविसंघको अध्यक्षमा दुजाङ र तरुण दलमा विद्वान, शेखरको आपत्ति

  • बुधवार, चैत्र ९ २०७८

  • 432
    SHARES

  • नेविसंघको अध्यक्षमा दुजाङ र तरुण दलमा विद्वान, शेखरको आपत्ति

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको युवा संगठन नेपाल तरुण दल र विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष नियुक्त गर्नुभएको छ ।

    उहाँले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार नेविसंघ केन्द्रीय तर्दथ समितिको अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गर्नुभएको हो । यस्तै तरुण दलको केन्द्रीय तर्दथ समितिको अध्यक्षमा विद्वान गुरुङलाई मनोनित गर्नुभएको छ ।

    तदर्थ समितिले तीन तहको निर्वाचनको अन्तिम परिणाम आएको तीन महिनाभित्र अधिवेशन गर्नुपर्नेछ ।

    यता, भ्रातृ संगठन नेविसंघ र तरुण दलको नेतृत्व चयनमा सभापति देउवाले परामर्श नगरेकोप्रति डा. शेखर कोइराला पक्षले आपत्ति जनाएको छ । नेता शेखर पक्षको बैठकले मनोनित व्यक्तिप्रति आपत्ति नरहेपनि विना परामर्श चयन गरेकोमा असन्तुष्टि व्यक्त गरेको हो ।


    बुधवार, चैत्र ९ २०७८०७:२८:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij