Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

एमालेको पोलिटब्युरो बैठक बस्दै, चुनावी एजेन्डामा छलफल हुने

एमालेको पोलिटब्युरो बैठक बस्दै, चुनावी एजेन्डामा छलफल हुने

  • सोमवार, चैत्र ७ २०७८

  • 1.0K
    SHARES

  • एमालेको पोलिटब्युरो बैठक बस्दै, चुनावी एजेन्डामा छलफल हुने

    काठमाडौँ । स्थानीय तहको निर्वाचनका उम्मेदवार छनोटको मापदण्ड र पार्टीको घोषणापत्र लगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज बस्दै छ । एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बबरमहलस्थित कार्की बैंक्वेटमा ११ बजे बस्नेगरी बैठक बोलाइएको हो ।

    बैठकमा समसामयिक राजनीतिक स्थितिको विश्लेषणका साथै स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्डलगायत विषयमा छलफल हुनेछ । एमालेले आगामी चैत ९ र १० गते बस्ने केन्द्रीय कमिटीको तेस्रो बैठकअघि पोलिटब्युरो बैठक बोलाएको हो ।

    गत चैत १ गते बसेको एमाले सचिवालय बैठकले पोलिटब्युरो, केन्द्रीय कमिटी र स्थायी कमिटीका बैठक बस्ने निधो गरेको थियो । स्थायी कमिटीको बैठक भने चैत १३ गते बस्नेछ । एमाले सचिवालय बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि वडाध्यक्ष र सदस्यको उम्मेदवार पार्टीको वडा कमिटीबाट सिफारिस गरी जिल्ला कमिटीले निर्णय गर्ने प्रस्ताव गरेको थियो ।

    त्यस्तै नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारको सिफारिस जिल्ला कमिटीले गर्ने र प्रदेश कमिटीले निर्णय गर्ने तथा महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवार सिफारिश जिल्ला र प्रदेश कमिटीले गरेपछि निर्णय केन्द्रले गर्नेगरी एमाले सचिवालयले प्रस्ताव गरेको थियो ।

    सो प्रस्ताव पोलिटब्युरोमा छलफलपछि केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने एमालेको तयारी छ । एमाले पोलिटब्युरो कमिटीमा केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ९९ सदस्य छन् ।


    सोमवार, चैत्र ७ २०७८०८:३७:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij