Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

मेयरविरुद्ध ५ लाखको भ्रष्टाचार मुद्दा दायर

मेयरविरुद्ध ५ लाखको भ्रष्टाचार मुद्दा दायर

  • आइतवार, चैत्र ६ २०७८

  • 651
    SHARES

  • मेयरविरुद्ध ५ लाखको भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्रप्रसाद पटेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    उनले उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा ५ लाख घुस लिएको दावी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अख्तियारको टोलीले १५ फागुनमा मेयर धर्मेन्द्रप्रसाद पटेल र उनका सहयोगी अशोकप्रसाद पटेललाई दुई लाख रुपैयाँ नगद र दुई लाख रुपैयाँको चेकसहित पक्राउ गरेको थियो ।

    अनुसन्धानको सिलसिलामा मेयर र उनका सहयोगीको मिलेमतोमा घुस लिएको पाइएको भन्दै अख्तियारले दुवै जनालाई ५ लाख रुपैयाँ विगो दावी गर्दै भ्रष्टाचा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए ।

    स्थानीय तहका प्रमुख घुससहित पक्राउ परेको र उनीविरुद्ध मुद्दा चलेको यो पहिलो पटक भएको प्रवक्ता भण्डारीले जानकारी दिए ।


    आइतवार, चैत्र ६ २०७८०७:०१:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij