Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

स्थानीय तहमा पार्टीको अवस्थाबारे चैत्र १५ भित्र प्रतिवेदन बुझाउन कांग्रेसको सर्कुलर

स्थानीय तहमा पार्टीको अवस्थाबारे चैत्र १५ भित्र प्रतिवेदन बुझाउन कांग्रेसको सर्कुलर

  • शुक्रवार, चैत्र ४ २०७८

  • 407
    SHARES

  • स्थानीय तहमा पार्टीको अवस्थाबारे चैत्र १५ भित्र प्रतिवेदन बुझाउन कांग्रेसको सर्कुलर

    काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहमा पार्टीको अवस्थाबारे विवरण संकलन गरेर चैत १५ केन्द्रीय कार्यालयमा पठाउन सर्कुलर गरेको छ । कांग्रेस महामन्त्रद्वय गगन थापा र विश्वप्रकाश शर्माले जिल्ला कार्यसमितिलाई सम्बोधन गरेर स्थानीय तहको अवस्थाका बारेमा जानकारी दिन भनेका छन् ।

    नियमित कार्यक्रमअन्तर्गत स्थानीय तहको अवसथा, समस्या र पार्टीले गरेका विवरण तयार गर्ने र गराउन भनिएको छ । उक्त विवरण प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिमा चैत्र १५ सम्म पठाउनुपर्ने उल्लेख छ । स्थानीय तहको अवस्थाका विषयमा विवरण तयार पार्दा कांग्रेसले जितेका स्थानीय तहमा त्यहाँका जनप्रतिनिधिसँग समन्वय गर्न निर्देशन गरिएको छ ।

    जिल्ला कार्यसमितिलाई जिल्लाको राजनीतिक परिस्थितिबारे प्रतिवेदन पठाउनुका साथै पार्टीका क्रियाकलाप, निर्णय र अन्य आवश्यक विषयमा समेत प्रतिवेदन तथा नियमित अभिलेखीकरण गर्न भनिएको छ । जिल्ला कार्यसमितिमा मनोनित गर्नुपर्ने पदहरुमा अविलम्ब मनोनय गर्न, चैत्र १५ भित्र जिल्ला कार्यसम्पादन समिति गठन गरिसक्न र सदस्यहरुलाई आवश्यक जिम्मेवारी प्रदान गर्न समेत सर्कुलर गरिएको छ ।

    प्रत्येक गाउँ, नगरपालिका कार्यसमितिसँग समन्वयय गरी विभिन्न पेसा, व्यवसाय र अध्ययनका शिसशिलामा विभिन्न जिल्ला, विशेषगरी प्रदेश राजधानी र संघीय राजधानी गएका नागरिकको तथ्याङ्क राखेर सम्पर्क र समन्वय गर्न १ जना सदस्यलाई जिम्मेवारी दिने पनि भनिएको छ ।


    शुक्रवार, चैत्र ४ २०७८०२:५४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij