Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

साना दललाई पनि आफ्नै चुनाव चिह्न, विवरण पेस गर्न आयोगको आह्वान

साना दललाई पनि आफ्नै चुनाव चिह्न, विवरण पेस गर्न आयोगको आह्वान

  • बिहिवार, चैत्र ३ २०७८

  • 393
    SHARES

  • साना दललाई पनि आफ्नै चुनाव चिह्न, विवरण पेस गर्न आयोगको आह्वान

    काठमाडौँ । राष्ट्रिय दलको मान्यता नपाएका तर आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दर्ता भएका साना ७३ वटा दललाई पनि निर्वाचन आयोगले आफ्नै चुनाव चिह्न दिने भएको छ ।

    यसअघि आसन्न स्थानीय चुनावमा भाग लिन आयोगमा दर्ता भएका तर राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका ७३ साना दललाई स्वतन्त्र उम्मेदवारकै हैसियतमा चुनाव चिह्न दिने भनिएको थियो । तर यसको विरोध भएपछि आयोगले निश्चित मापदण्ड तोकेर त्यस्ता दललाई पनि आफ्नै चुनाव चिह्न दिने निर्णय गरेको हो ।

    तर त्यसका लागि उनीहरूले आयोगले तोकेबमोजिम विवरण यही चैत ६ गतेभित्र पेस गर्नुपर्नेछ । विवरण नबुझाउने दललाई भने स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिने चुनाव चिह्न नै दिइने आयोगले जनाएको छ ।


    बिहिवार, चैत्र ३ २०७८१०:५०:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij