Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

  • बिहिवार, चैत्र ३ २०७८

  • 604
    SHARES

  • एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिनुभयो ।

    उपमहासचिव तुलाधरका अनुसार बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने छ । बैठकले स्थानीय तहको उम्मेदवार टुंगो लगाउने निकाय र हस्ताक्षर गर्ने अधिकारीको टुंगो लगाउने छ ।

    निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धी विषयमा पनि छलफल हुने बताइएको छ । आसन्न निर्वाचनमा गठबन्धनभित्र चुनावी तालमेल गर्नुपर्ने पक्षमा एकीकृत समाजवादी उभिएको छ । तर कांग्रेसभित्र यसबारे मतैक्य नहुँदा गठबन्धनसम्बद्ध दलका कार्यकर्ता अन्योलमा परेका छन् ।


    बिहिवार, चैत्र ३ २०७८०९:४८:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij